मुलुकभर संविधान सभाको चुनाव सम्पन्न भएको छ । सम्पन्न चुनावले यतीवेला परिणाम पनि सँगसँगै दिन थालेको छ । नेपालको राष्ट्रिय राजनीतिले यतीवेला नयाँ मोड लिएको छ ।
पहिलो पार्टीको दावा गरेको एमाओवादी तेस्रो स्थानमा पुग्ने प्रवल संभावना बोकेको वेला देशमो निकास दिने अर्को जिम्मेवारी यतीवेला एमाले र काँग्रेसका नेताहरुको काँधमा आएको छ । चुनाव भनेको नै एकजनाले जित्ने हो । एकजनाले जित्नको लागि अपनाईने हरेक विधि र प्रक्रियाहरुलाई पुरा गर्दै जाँदा कुनै एउटा पार्टी दल र जनता आवश्यक पर्दछन् त्यो स्वभाविक प्रक्रिया हो । प्रक्रिया पुरा भई बिजयी भएपछि उक्त व्यक्ति सवैको सझा व्यक्तिको रुपमा रहन्छ । यो चुनाव कुनै संसदीय दलको लागि नभएको र आम जनताहरुको भाग्य र भविष्यसँग जोडिएकोले पनि परिणाम पश्चात सवै बिजयी उम्मेदवारहरु आम जनताका साझा नेताका रुपमा हुनुपर्दछ ।
दोहोरो जिम्मेवारी रहेको यसपालिको चुनावमा दैलेखबाट समेत नेकपा एमालेका दुईवटै नेताहरु बिजयी भएका छन् । प्रभावसाली मानिएका दुवै नेताद्धयसँग काम गर्ने सैलि र जनताको जनभावना बुझ्ने क्षमता पनि रहेको छ ।
दुवै बिजयी नेताहरुलाई हार्दिक बधाई दिदै जनता र दैलेखका हरेक विकासका विषयमा जानकार भएका नेताहरुलाई जनताले भन्नु भन्दा अगाडी नै त्यसको समाधान गर्न सक्ने क्षमताको बिकास होस् ।
दैलेखी जनताहरुले भोगेका अधिकाँस पीडाहरुसँग सँधै सँगसँगै हातेमालो गरेका नेताहरुले कानुन निर्माणका वेला दैलेख जिल्लालाई सरकारले नीतिगत रुपमा पार्नुपर्ने विभिन्न विषयहरुका लागि यहाँहरुको कदम अगाडी बढोस यही शुभकामना दिन चाहान्छौं । जनता कति धेरै बाठा छन् भन्ने कुरा यो चुनावले देखाई सकेको छ । यो कुरा बुझ्न नसके पुनः अर्कोपटक पालो नआउने पनि निश्चित भएकोले यसवारे सवै नेताहरु चनाखो हुनुपर्ने देखिन्छ ।





